मंगलबार, पुस ८, २०८२

असिना पानीले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरिँदै

 |  मंगलबार, फागुन २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०८१

सुनसरी- सुनसरीमा आइतबार र सोमबार हावाहुरीसँगै आएको असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ।

National life

गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका मार्फत हावाहुरीसँगै असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए। उनका अनुसार आइतबार किसानले वडा, पालिकालगायत जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए।

जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट कृषि ज्ञान केन्द्रले क्षतिका विषयमा अनुगमन तथा तथ्याङ्क सङ्कलन गर्न सुरु गरेको केन्द्रका बाली संरक्षण अधिकृत मिरा तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार गहुँ, मकै, केरा, बोडी, बन्दागोभी, फूलकोबी, काक्रा, सिमी, तितेकरेलालगायत बालीमा भएको क्षतिको विरण सङ्कलन भइरहेको छ।

बाह्रैवटा स्थानीय तहबाट आएको विवरणलाई सङ्कलन गरेर प्रदेश र सङ्घीय मन्त्रालयमा पठाइने केन्द्रका प्रमुख सिंहले बताए। हावाहुण्डरी र असिना, पानीले मकै, केरा, बोडी, बन्दागोभी, फूलगोभी, काँक्रा, सिमी, तितोकरेलालगायत बालीमा क्षति भएको स्थानीयले बताएका छन्।

प्रकाशित: Mar 04, 2025| 09:31 मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्