मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भद्रपुर नगरपालिकाद्वारा ८५ प्रतिशत अनुदानमा किसानलाई तराकारीको बेर्ना वितरण

भद्रपुर नगरपालिकाद्वारा ८५ प्रतिशत अनुदानमा किसानलाई तराकारीको बेर्ना वितरण

 |  सोमबार, फागुन १९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०८१

झापा- भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ। तरकारीको बीउको सट्टा बेर्ना वितरण गर्दा किसानको समय र लागत बचत हुने कृषि विकास अधिकृत सुमन विमलीले बताए।

National life

उनका अनुसार भद्रपुर नगरपालिकाको विभिन्न तीन स्थानमा रहेका कृषि फर्मबाट किसानले १५ प्रतिशत र बाँकी पालिकाले तिर्ने गरी उन्नत जातका तरकारीको बेर्ना वितरण गरिएको हो।

प्रत्येक कृषि फार्मबाट काँक्रा तीन हजार, करेला तीन हजार, खुर्सानाी तीन हजार, घिरौला दुई हजार दुईसय, लौका दुई हजार दुईसयको सङ्ख्यामा वितरण गरिएको कृषि विकास अधिकृत विमलीले जानकारी दिए।

नगरपालिकाका अनुसार खुर्सानीको बेर्नाको प्रतिइकाइ वितरण मूल्य १० रूपैयाँ र अन्य तरकारीका बेर्नाको प्रतिइकाइ वितरण मूल्य १५ रूपैयाँ भए पनि किसानले खुर्सानी प्रति इकाइ एक दशमलव पाँच तथा अन्य तरकारीका बेर्नाको दुई दशमलव २५ रूपैयाँ मात्रै तिर्नुपर्ने छ। 

किसानलाई उन्नत जातका तरकारीको बेर्ना अनुदानमा वितरण गरी नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्य रहेको नगर प्रमुख गणेश पोखरेलले बताए।  किसानलाई कृषिमा आकर्षित गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो।  

Laxmi sunrise bank
kumari

नगरपालिकाले उक्त कार्यक्रममार्फत किसान लाभान्वित हुने विश्वास राखेको छ, साथै यसले कृषि क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योग्दान पुर्‍याउने अपेक्षा गरिएको छ। रासस

प्रकाशित: Mar 03, 2025| 16:31 सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्