मंगलबार, फागुन २०, २०८१

केपी ओलीको पुस्तक विद्या भण्डारीको हातबाट लोकार्पण

 |  सोमबार, फागुन १९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०८१

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण गरेकी छन्।

health

यो पुस्तक प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लोकतन्त्र प्राप्तिका लागि गरेको संघर्ष, मुलुकको समृद्धिका लागि देखाएका सपना र उनको नेतृत्वदायी पहललाई समेटेर तयार गरिएको हो।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद् र सामाजिक व्यक्तित्वहरूको लेख र रचनाहरू समेत समावेश छ।

पुस्तक अल्केमी प्रकाशनले प्रकाशन गरेको हो। कार्यक्रममा प्रधानमन्त्री ओली, एमाले महासचिव शंकर पोखरेल लगायतका नेता तथा एमाले कार्यकर्ताहरु सहभागि थियो।

प्रकाशित: Mar 03, 2025| 13:50 सोमबार, फागुन १९, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्