आइतबार, साउन २४, २०८३

बस्तीमा बाघ पसेपछि...

 |  सोमबार, फागुन १९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०८१

सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोलमा सोमबार बिहान बाघ पसेको छ। बाघको आक्रमणबाट स्थानीय दुई जना घाइते भएका छन्।

घाइते हुनेमा कृष्ण विष्ट र गणेश खत्री छन्। उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आज बिहान सात बजेतिर बस्तीमा बाघ पसेको जानकारी प्रहरीले पाएको थियो। त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली बस्तीमा पुगेको थियो।

बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्तीमा आएको अनुमान छ। बाघलाई जंगल क्षेत्रमै फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 03, 2025| 10:48 सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्