मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बागलुङ नगरपालिकाले वितरण गर्‍यो किसानलाई अनुदानमा मौरीसहितका घार

बागलुङ नगरपालिकाले वितरण गर्‍यो किसानलाई अनुदानमा मौरीसहितका घार

 |  सोमबार, फागुन १९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०८१

बागलुङ- किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ। किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो।

National life

नगरपालिकाले किसानसँगको सहलगानीमा सात हजारमा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए।

‘मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो’, उनले भने। नगरपालिका र ५८ किसानको चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए।

विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो।

प्रकाशित: Mar 03, 2025| 10:01 सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्