बिहीबार, साउन १५, २०८२

बागलुङका ६ स्थानीय सरकारले ठड्याए आफ्नै सिंहदरबार

 |  शुक्रबार, फागुन १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१

vianetvianet

गलकोट (बागलुङ)- संघीयता लागूपछि बागलुङ १० पालिका भए। त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो।

२०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए। ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन्भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन्।

फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ ।  चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ ।

काठेखोला गाउँपालिकाले जग्गा टुंगो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो ।

काठमाडौंको सिंहदरबार संघीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा  प्रवाह गरिरहेका छन् ।

प्रकाशित: Feb 28, 2025| 11:48 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्