दोलखाको विगु गाउँपालिका-१ मा निजी क्षेत्रबाट निर्माणाधीन नाशा हाइड्रोपावरमा कार्यरत एक जना कामदार मृत फेला परेका छन्।
मृत फेला पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका-३ का २३ वर्षीय बजीन्द्र घर्तीमगर रहेको प्रहरीले जनाएको छ।
हाइड्रोपावरअन्तर्गत मादी जलजला कन्स्ट्रक्सनमा कार्यरत उनी फागुन १४ गतेबाट सम्पर्कविहीन थिए। बिहीबार साँझ देउराली नजिकै भीरबाट २ सय मिटर तल मृत अवस्थामा शव फेला परेको दोलखा प्रहरीले जनाएको छ।