आइतबार, जेठ ३१, २०८३

'भूकम्पका कारण सुख्खा पहिरो खस्ने सम्भावना छ, सतर्क रहनू'

 |  शुक्रबार, फागुन १६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१

काठमाडौं- भूकम्पको असरले विभिन्न स्थानहरूमा सुख्खा पहिरो, सडक माथिबाट ढुंगा खस्ने जस्ता जोखिम हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ।

National life

भूकम्पको क्षति विवरणबारे जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराउँदै भूकम्पबाट मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको जनाएको हो।

भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदीबन्दी घाइते भएको र उपचारपछि उनी डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी करिण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

इलाका प्रहरी कार्यालय कोदारीको भवन चर्किएको कार्यालयले जनाएको छ। भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ।

जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा टोली बाहिर परिचालन गरिएको र अनुगमन भइरहेको कार्यालयले जानकारी दिएको छ।

Shivam cement

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: Feb 28, 2025| 11:32 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्