काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २२ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ थियो।
आज चाँदीको पनि ३० रुपैयाँले घटेर प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएको छ।