सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

 |  शुक्रबार, फागुन १६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०८१

काठमाडौं- सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

National life

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ। भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए।

यसअघि गत पुस २३ गते पनि भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो। चीनमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा नेपाल, भारत र बंगलादेशसम्म पनि महसुस गरिएको थियो।

प्रकाशित: Feb 28, 2025| 06:22 शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्