मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • 'लाज शरणम्' का क्लिप टिकटकमा छ्याप्छ्याप्ती, निर्माताले दिए उजुरी

'लाज शरणम्' का क्लिप टिकटकमा छ्याप्छ्याप्ती, निर्माताले दिए उजुरी

 |  बिहीबार, फागुन १५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०८१

काठमाडौं- फिल्मका दृश्य खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एकाउन्टविरुद्ध फिल्म ‘लाज शरणम्’ले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ।

National life

१५ वटा टिकटक एकाउन्टमा पोस्ट गरिएका फिल्मका दृश्य हटाउन भन्दै निवेदन दिइएको फिल्मको डिजिटल पार्टनर ओएसआरले जनाएको छ। 

प्रहरीमा दिएको उजुरीमा भनिएको छ, ‘यस चलचित्रका टुक्राहरू सिनेमा घरमा गएका दर्शकले मोबाइल फोन भिडियो क्यामेरामार्फत उक्त सिनेमाको भिडियो खिचि सामाजिक सञ्जालमा पोस्ट गरिरहेको सो काम निरन्तर भइराखेको हुनाले उक्त क्लिपहरू हटाइ आवश्यक कार्वाही गरिपाऊँ भनी विनम्र निवेदन पेश गर्दछु ।’

फिल्मको निर्माता कम्पनी जेपिटी क्रिएसनको तर्फबाट निर्माण नियन्त्रक अनिश लामिछानेले उजुरी दिएका हुन्। फिल्म ‘लाज शरणम्’का कलाकारले फिल्मको फेसबुक एकाउन्टविरुद्ध भिडियो सन्देश जारी गर्दै यस्तो कार्यले निर्मातालाई असर गरेको र तुरुन्त रोक्न समेत भनेका छन्। उनीहरूले कानूनी कार्वाहीको चेतावनी समेत दिएका छन्।

पछिल्लो समयमा विशेषगरी टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सजस्ता प्लाटफर्ममा फिल्मका क्लाइमेक्ससम्मका भिडियो पोस्ट हुने समस्या नेपाली निर्माताले बारम्बार भोग्दै आएका छन्।
 

Shivam cement

प्रकाशित: Feb 27, 2025| 19:00 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्