आइतबार, जेठ ३१, २०८३

फोहोरले छोपेको अवस्थामा भेटियो सुकेधारामा शव

 |  बिहीबार, फागुन १५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०८१

काठमाडौंको सुकेधारामा एक पुरुषको शव फेला परेको छ। 

National life

धोबीखोला नजिकैको भत्किएको संरचनामा प्रयोगमा नरहेको शौचालयभित्र शव भेटिएको प्रहरीले जानकारी दिएको छ। शवलाई फोहोर थुप्रोले ढाकेर राखेको पाइएको छ।

उक्त शव ओखलढुंगा घर भई काठमाडौं बस्दै आएका ५० वर्षीय अडविर राईको रहेको प्रहरीले जनाएको छ। शवलाई म्याट्रेस, सिरानी, झोला र फोहोर कपडाहरूले छोपेर राखेको प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको प्रहरीको भनाइ छ। मृतक व्यक्तिको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरिएको छ। मृतकको अनुहार र कपालमा रगत लतपतिएको समेत बताइएको छ।

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। शवलाई महाराजगन्ञजस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दियो। 

Shivam cement

प्रकाशित: Feb 27, 2025| 18:10 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्