काठमाडौंको तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–३२ तीनकुने मुनिभैरव नजिकै सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा बुधबार राति मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको मृत्यु भएको हो।।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकललाई बा.०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिएकोमा मोटरसाइकल बा.५ ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो।
मोटरसाइकलसहित तीनै वटै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।