शुक्रबार, साउन २३, २०८२

सवारी दुर्घटनामा ६ को मृत्यु, चार जना मृत फेला

 |  बिहीबार, फागुन १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०८१

vianetvianet

काठमाडौं महानगरपालिका-३२ तीनकुने मुनिभैरव नजिकै सडकमा प्र.३-०३-००१ प ९७३६ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकललाई बा.०३-००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल बा.५ ख १५४६ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको थियो। तीन वटै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारा, महागढीमाई नगरपालिका-२ ईनर्वास्थित सडकमा वीआर ०१ एफके ९६४० नम्बरको मोटरसाइकल र ना.७ ख २९६६ नम्बरको टिपर एकआपसमा ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट बृन्दाबन नगरपालिका-१ बिश्रामपुर टोल बस्ने २० वर्षीय सैनिक पटेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको वयोधा अस्पताल पर्सामा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीस्थित सडकमा लु.४० प ६३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय चौथी बेल्दारको बुधबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाँचथर, हिलिहाङ गाउँपालिका-४ ओखरबोटेस्थित सडकमा मे.१ ज ३०७३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-१ बस्ने ३५ वर्षीय हेमराज योगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य १ जनालाई थप उपचारको लागि विएण्डसी अस्पताल झापा रिफर गरिएको छ।

Metro Mart

दाङ, तुल्सीपुर उपमहानगरपालिका-८ चमिखोलास्थित सडकमा रा.४ प ४४१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय कविराम चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ सल्लाघारीस्थित सडकमा ना.५४ प १८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६१ वर्षीय कमल बहादुर बोहोराको मृत्यु भएको छ। बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो। हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
काठमाडौं महानगरपालिका-४ स्थित जिर्ण अवस्थामा रहेको घर छेउमा सोही महानगरपालिका-७ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय अडबिर राई बुधबार मृत अवस्थामा फेला परेका छन्।

सिराहा, सिरहा नगरपालिका-१३ फुलबरिया टोल बस्ने धर्मेन्द्र मुखियाको छोरा ५ वर्षीय देवान्स मुखिया सोही ठाउँस्थित पोखरीमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ बस्ने दिपक यादवकी छोरी ३ वर्षीया रिंकी कुमारी यादव सोही ठाउँस्थित सार्वजनिक पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

दार्चुला, नौगाड गाउँपालिका-१ एयरकोट बस्ने ७६ वर्षीय बिरभान सिंह महता सोही ठाउँस्थित सोल्याड भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Feb 27, 2025| 12:19 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्