काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् र उनीहरु विदेशी नागरिक हुन्।
फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। यसबारे छानिबन भइरहेको प्रहरीले जनाएको छ।