सोमबार, पुस ७, २०८२

रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन जलेर नष्ट

 |  बिहीबार, फागुन १५, २०८१

नृपेन्द्र बहादुर मल्ल

नृपेन्द्र बहादुर मल्ल

बिहीबार, फागुन १५, २०८१

मुगु- यहाँस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन्।

National life

आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ। नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्याएको थियो।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो।

Laxmi sunrise bank
kumari

घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: Feb 27, 2025| 09:50 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्