शुक्रबार, साउन २३, २०८२

यस्तो छ आज देशभरको मौसम

 |  बिहीबार, फागुन १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०८१

vianetvianet

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। तराइका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र  देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित: Feb 27, 2025| 07:14 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्