सोमबार, पुस ७, २०८२

पाल्पामा जन्मिएका भीम बने बेलायतमा मेयर

 |  बुधबार, फागुन १४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०८१

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन्।

National life

गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन्।

लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उनी मेयरमा मनोनीत भएका हुन्। उनी यसअघि उपमेयर चुनिएका थिए। अब  आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उनले मेयर नियुक्त भई पदभार ग्रहण गर्नेछन्।

बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाको तर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले भने, “औपचारिक रूपमा मेयरको शपथ मे मा हुन्छ । खुसीको क्षण हो बेलायतमा गार्खाहरूको योगदानलाई थप उचाइमा पुर्‍याउने अवसर मिलेको छ ।” काउन्सिल इतिहासमा उहाँ पहिलो गोर्खा मेयर बन्न लाग्नुभएको हो । सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय हुनुहुन्छ ।'' 

मेयर हुने पक्का भएपछि उनले भने, “नेपाली भएर पनि बेलायतमा राजपरिवारकोतर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु ।” 
झण्डै तीनदशक ब्रिटिश आर्मीमा सेवा गर्नुभएका मगर हाल ब्रिटिश गोर्खा भेट्रान्स एशोसिएसनका अध्यक्षसमेत छन्। सारू, रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवानिवृत्त भएका हुन्।

Laxmi sunrise bank
kumari

बेलायतमा सन् २०१७ देखि सारू इम्ब्रोइडरी नामक व्यवसाय चलाइरहेका सारू नेपालको पाल्पामा जन्मिएका हुन्।

प्रकाशित: Feb 26, 2025| 19:37 बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्