सोमबार, पुस ७, २०८२

मालिका भगवती मन्दिर पुनर्निर्माण थालियो

 |  बुधबार, फागुन १४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०८१

बागलुङ- प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरको पुनर्निर्माण थालिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु. ५४ लाखबाट पुनर्निर्माण थालिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटाले जानकारी दिए।

National life

“परापूर्व कालदेखि थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा सानो सिमन्टको मन्दिर निर्माण भएको थियो, उक्त मन्दिर जीर्ण भएपछि अहिले पर्यटन मन्त्रालयको पहलमा पुनर्निर्माण थालिएको हो”, सापकोटाले भने, “दिव्य शिलालाई घेरेर ढुंगा र काठबाट कलात्मक रूपमा मन्दिर पुनर्निर्माण भइरहेको छ।”

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको पगोडा शैलीमा मन्दिर निर्माण भइरहेको र अन्य दाताले सहयोग गरिरहेकाले चालु आवमै मालिका मन्दिर, पर्खाल, नागको मन्दिर, सत्तल र खेलमैदानलगायत पूर्वाधार निर्माण हुने उनले बताए।

अहिले भक्तपुरको कलात्मक शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको छ। एउटै शिलाको ढुंगालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट काठको झ्याल तथा ढोका आयात गरिएको बताए।

ललितपुरका कालीगढबाट ढुंगा कुदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माण हुनेछ। मल्लकालीन थानलाई मालिका भगवतीको रूपमा लिइएको किंवदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रूपमा पूजा गर्ने प्रचलन छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 26, 2025| 12:45 बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्