सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • धादिङमा मन्दिरमा पानी लिएर गएको ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङमा मन्दिरमा पानी लिएर गएको ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु

 |  बुधबार, फागुन १४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०८१

मलेखु- गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको  ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो। गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ।

आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि ल्याउने क्रममा दुर्घटना भएको हो। मृतकसहित चार जना ट्याङ्करमा चढेका थिए।  ट्याक्टर चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 26, 2025| 12:09 बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्