काठमाडौं- हिन्दू धर्मावलम्बीहरुले आज बुधबार महाशिवरात्रि पर्व मनाउँदैछन्।
आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा घुइँचो लागेको छ। साथै चोक चोक र टोल टोलमा धुनी बालेर नाचगान रमाइलो पनि गरिरहेका छन्।
पशुपतिनाथ मन्दिरका चारै ढोका आज राति दुई बजे नै खुला गरिएका छन्।