आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • क्याबिनेटले निर्णय नगरेपछि कुलमानलाई फेरि सोधियो स्पष्टीकरण 

क्याबिनेटले निर्णय नगरेपछि कुलमानलाई फेरि सोधियो स्पष्टीकरण 

 |  मंगलबार, फागुन १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०८१

काठमाडौं- ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेको छ। 

National life

मन्त्रालयका सचिव सुरेश आचार्यले हस्ताक्षर गरेको पत्रमा यसअघि मन्त्री दीपक खड्काले निर्णय गरी सोधिएको स्पष्टीकरणको जवाफ वस्तुगत र चित्तबुझ्दो नभएको भनिएको छ। 

‘मन्त्रालय र तपाईंबीच ५ माघ २०७८ मा भएको कार्यसम्पादन सम्झौताको व्यवस्था तथा प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधन सहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ?’
सचिवले मंगलबार पठाएको पत्रमा भनिएको छ।

यसअघि २२ पुसमा मन्त्रालयले स्पष्टीकरण माग गरेकोमा कुलमानले २८ पुसमा लिखित जवाफ फर्काएका थिए । 

खड्काले आफू उर्जामन्त्री भएदेखि नै कुलमानलाई हटाउने प्रयास गरिरहेका छन्। कुलमान हटाउने प्रस्ताव उनले मन्त्रिपरिषद्‍मा समेत लगेका छन्। तर यसमा प्रधानमन्त्री केपी ओली कन्भिन्स हुन सकेका छैनन्।

Shivam cement

प्रकाशित: Feb 25, 2025| 20:59 मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्