काठमाडौं- विष सेवन गरेर अचेत अवस्थामा भेटिएका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ।
उनी सोमबार काठमाडौँको कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए। उनलाई उद्धार गरी कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
थापाको केही दिनअघि पैसा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो। सुमेरु सहकारीका पूर्व सचिवसमेत रहेका विनोद आचार्यसँग सहकारीको समस्या मिलाइदिने भन्दै १० लाख बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले विषय सेवन गरेको बताइएको छ।
सुसाइड नोट लेखेर उनले विष सेवन गरेका हुन्। उनले सुसाइड नोटमा आर्थिक कारोबारको बारेमा लेखेएको प्रहरीले जानकारी दिएको छ।