आइतबार, जेठ ३१, २०८३

अमेरिका पठाउने नाममा डेढ करोड ठग्ने समातिए

 |  मंगलबार, फागुन १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०८१

काठमाडौं- अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट–२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र खड्का छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट सोमबार पक्राउ गरेको हो।

बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै उनीहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ उठाएर ठगी गरेको आरोप छ।

पक्राउ परेकाहरूलाई ठगीको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Shivam cement

प्रकाशित: Feb 25, 2025| 19:20 मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्