सोमबार, पुस ७, २०८२

बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

 |  मंगलबार, फागुन १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०८१

काठमाडौं- बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

National life

बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप सोमबार साँझ दुर्घटनामा परेको प्रहरी जनाएको छ।

दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो।

उकालो सडकमा ब्याक भएर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 25, 2025| 09:00 मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्