सोमबार, पुस ७, २०८२

यस्तो छ आजको मौसम

 |  मंगलबार, फागुन १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०८१

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

National life

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु लागेको छ।

यस्तै, आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाकाले जनाएको छ।

प्रकाशित: Feb 25, 2025| 07:43 मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्