आइतबार, जेठ ३१, २०८३

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

काठमाडौं- नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन्। 

National life

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो।

प्राधिकरण बीमा कम्पनीहरूको नियामक निकाय हो। स्नातकोत्तर अध्ययन गरेका ओझा पछिल्लो समय पत्रकारितासँगै अध्यापन पेसामा संलग्न रहँदै आएका थिए। 

अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम सिफारिस गरेको थियो।

यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो।

Shivam cement

प्रकाशित: Feb 24, 2025| 21:43 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्