आइतबार, जेठ ३१, २०८३

साढे दुई घण्टा ढिलो सुरु भयो मन्त्रिपरिषद् बैठक

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ। 

National life

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो। बैठक निर्धारित समयभन्दा करिब साढे दुई घण्टा ढिलो सुरु भएको छ।

प्रधानमन्त्रीको सचिवालयले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्ने तय भएको जानकारी दिएको थियो।

आजको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्ने बताइएको छ। सरकारले केही समययता घिसिङलाई पदबाट हटाउन स्पष्टीकरण सोध्ने लगायत काम गरिरहेको छ।

घिसिङलाई पदबाट हटाउने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद्‌मा लगेका छन्।

Shivam cement

ऊर्जामन्त्री खड्काले घिसिङलाई एकोहोरो रुपमा हटाउन खोजेकामा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले भने आक्रोश व्यक्त गरेका छन्। 

 

प्रकाशित: Feb 24, 2025| 20:04 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्