नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारमा सरकारको पनि सेयर लगानी रहेको आरोप लगाएका छन्।
जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत सोमबार झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्।
मुकुम्लुङ क्षेत्रमा भएको विवाद सरकारकै कारणबाट भएको उनको आरोप छ। तत्काल केबलकार निर्माणको काम रोकेर सरकारले छलफल गर्नुपर्ने उनले माग गरे।
आजमात्रै गृह मन्त्रालयले केबलकार निर्माण तत्काललाई रोक्ने आश्वासनसहित आन्दोलनकारीलाई वार्तामा बोलाएको छ।