आइतबार, जेठ ३१, २०८३

शिवरात्रिका लागि यस्तो छ ट्राफिक व्यवस्थापन

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

काठमाडौं- महाशिवरात्रिमा पशुपति क्षेत्रमा हुने भिडभाडलाई व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ। 

National life

कार्यालयले शिवरात्रिका लागि डीएसपीको कमान्डमा करिब ९ सय ट्राफिक प्रहरी खटाउने भएको छ।

विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनलाई छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइने भएको छ। तिलगंगा आँखा अस्पताल अगाडि, सिफल चौर र गुहेश्वरी पारि करिडोर सडकमा पार्किङ गर्न सकिनेछ।


शिवरात्रिका दिन ट्राफिक प्रहरीले तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारीलाई भने निषेध गर्ने योजना बनाएको छ। 

गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ र सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीका लागि वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने ट्राफिक प्रहरीको योजना छ।

Shivam cement

सहज आवागमनको व्यवस्थापनका लागि करिडोर सडक र भित्री सडकमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइने भएको छ।

प्रकाशित: Feb 24, 2025| 18:35 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्