मंगलबार, असार ९, २०८३

सुक्खा पहिरोले खाँदबारी-किमाथांका सडक अवरुद्ध

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१
National life
Shivam cement

खाँदबारी- कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुंगा खसेपछि उक्त सडक अवरुद्ध भएको हो।

सदरमुकाम खाँदबारीबाट एकसय नौ किलोमिटरको दुरीमा रहेको सो स्थानमा पहिरो खसेको हो। पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन्। पहिरोले  करिब ३० मिटर सडक पुरिएको छ। रासस

प्रकाशित: Feb 24, 2025| 17:01 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्