सोमबार, पुस ७, २०८२

घोराही-तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

दाङ- दाङको घोराही-तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।

National life

भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का ६ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो। तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन। 

पछिल्लो पटक २०७८ साल फागुन २६ गतेदेखि श्रेष्ठ कन्स्ट्रक्सनलाई सडक निर्माणको जम्मेवारी दिइएको थियो। उक्त कम्पनीले पनि सडकका दायाँबायाँ ठुल्ठूला खाल्डा बनाएर काम छाडेको भन्दै चौतर्फी विरोध भएपछि नेपाल सरकारले उक्त ठेक्का सम्झौता तोडेको थियो। 

अहिले पुनः नेपाल सरकारकै लागतमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्का आह्वान गरेको हो। आयोजनाको लागत तीन अर्ब १९ करोड रूपैयाँ रहेको छ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीका अनुसार यही फागुन ३० गतेसम्म आवेदन गर्ने अवधि छ। उनका अनुसार विगतजस्तो कतै चार लेन र कतै दुई लेन नभइ सबै खण्डमा चार लेनको सडक हुनेछ।

Laxmi sunrise bank
kumari

विगतमा बजार क्षेत्रमा दुई लेन मात्रै सडक बनाउने प्रस्ताव थियो। घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हातीखौवासम्मको २१ किलोमिटर सडक खण्ड ३० मिटर चौडाइको हुनेछ। सम्झौता भएको ३६ महिनाभित्र काम सक्ने गरी आयोजनाको काम अघि बढ्नेछ। रासस

प्रकाशित: Feb 24, 2025| 18:01 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्