आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्य दूतावासबीच छलफल

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्य दूतावासबीच छलफल

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

काठमाडौं- मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्य दूतावास ल्हासाका महावाणिज्य दूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्य दूतावासमा भेटवार्ता भएको छ।

National life

उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठकलगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको ल्हासास्थित महावाणिज्य दूतावासले जनाएको छ।

बैठकमा महावाणिज्य दूत निरौलाले हिमाल, पहाड र नदीनालाले जोडिएका यी दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै चीनले नेपाललाई हालसम्म पुर्‍याएको सहयोगका निम्ति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि यस प्रकारको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

महानिर्देशक चेनले दुई देशबीच सम्बन्ध सुदृढ बनाउन महावाणिज्य दूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै दुई दैशबीच सम्बन्ध सुदृढीकरण र नेपालको विकासमा सहयोग गर्न चीन सधैँ तयार रहेको जानकारी गराए। 

उक्त बैठकमा दुवै पक्षबाट नेपाल चीनबीच व्यापार, वाणिज्य र पारवहन क्षेत्रलाई थप सुदृढ बनाउन नेपालको कृषि उत्पादनलाई चीनमा निर्यात गर्न पहल गर्ने सहमत भएका छन्। सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका क्रममा कार्यान्वयन गर्ने भनिएका आयोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्न क्रियाशील रहने, सबै सीमा नाकालाई अझ प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थित गर्न पहल गर्ने विषयमा छलफल भएको थियो।

Shivam cement

भेटवार्तामा सीमा नाकाहरूमा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्ने, त्यस क्षेत्रको पूर्वाधार विकास गर्ने, दुई पक्षीय भ्रमणहरू आदानप्रदान गर्ने, एक अर्का देशमा आयोजना हुने व्यापार मेला र महोत्सवहरूमा सहभागिता जनाउने र दुई देश र जनताको हितका कार्यहरूमा समन्वयात्मक रूपमा कार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको महावाणिज्य दूतावासले जनाएको छ। रासस

प्रकाशित: Feb 24, 2025| 15:22 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्