आइतबार, जेठ ३१, २०८३

सहिद परिवारको घरमा केराको पातमा भोजन

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाको केचनकवलमा सहिद परिवारको घरमा खाना खाएका छन्।

National life

सोमबार बिहान सहिद सुनिल राजवंशीको भतिजा विश्नाथको घरमा प्रचण्डसहितका नेताहरूले केराको पातमा खाना खाएका हुन् ।  प्रचण्डसँगै खाना खानेमा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, देव गुरुङ, वर्षमान पुन र पम्फा भुसाललगायत थिए ।

पार्टीको तराईं-मधेश जनजागरण अभियानको उद्घाटन गर्न प्रचण्ड झापा गएका हुन् । उनले आज बिहान नेपालकै होचो भूभाग केचनकवल पुगेर राष्ट्रिय झण्डा फहराएका थिए।

आज नै प्रचण्डले दुई वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

Shivam cement

प्रकाशित: Feb 24, 2025| 13:25 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्