आइतबार, जेठ ३१, २०८३

रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

रामेछाप- जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ। यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ। मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन्।

National life

कम लगानीमा बढि आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन्। सुख्खा ठाँउमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ। विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई/तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन्।

लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्केका रामेछाप नगरपािलका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ माहुरीपालन गरेका छन्।

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यस प्रति सन्तुष्ट रहेको उनको भनाइ छ। अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ। एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ। एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ।

मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई/तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाएका छन्। उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसकेका छन्। सुरुमा माहुरीपालनसम्बन्धि कुनै ज्ञान नभए पनि छोटो अवधिकोे तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उनले बताए।

Shivam cement

माहुरीपालन गर्ने कृषकले मह मात्र नभइ माहुरी सहितको घारसमेत बिक्री गर्ने गरेका छन्। सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन्।

प्रकाशित: Feb 24, 2025| 09:31 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्