शुक्रबार, साउन २३, २०८२

इन्सपेक्टर कार्यालयभित्रै मृत फेला

 |  आइतबार, फागुन ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

vianetvianet

काठमाडौं- सशस्त्र प्रहरी बलमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कार्यालयमै मृत भेटिएकी छिन्। 

पोखराको लामापाटनस्थित तालिम केन्द्रमा इन्सपेक्टर सन्तोषी महत मृत भेटिएकी हुन्। डोरीले बाँसमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। 

शनिबार बेलुका साढे बजे शौचालयसँगैको बाँसमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। उनी सशस्त्र प्रहरीको सिंस १७ को आधारभुत तालिमको क्रममा थिइन्। घटनाको नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ।

मृतक महतको घर सिन्धुपाल्चोकको लागार्चे हो। उनका भाइ नेपाल प्रहरीमा कार्यरत छन्। 

प्रकाशित: Feb 23, 2025| 20:18 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्