आइतबार, जेठ ३१, २०८३

सडक सञ्जालमा जोडिए जुम्लाका गाउँबस्ती

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

जुम्ला- जिल्लाका ग्रामीण भेगमा पर्ने गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ। स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका आठवटै स्थानीय तहका ६० का मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्।

National life

६० वडामध्ये तिला गाउँपालिका-६, ७, ८ र ९ वडामा जोड्ने सडक तिला गाउँपालिका-१ रारामा तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सडक सञ्जालमा जोडिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए।

यहाँका सबै वडापालिकासम्म कच्ची सडक निर्माण भएपछि सार्वजनिक यातायात सेवा सञ्चालन हुन थालेका छन्। यसअघि यहाँको सदरमुकाम खलंगा हुँदै कर्णाली राजमार्ग जुम्ला-नाग्म सडकखण्ड र नाग्म-गमगढी मूल सडकमा मात्रै सार्वजनिक सवारीसाधन सञ्चालन हुने गरेका थिए।

अब यहाँका ग्रामीण सडकमा (अफरोड) पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ।

जुम्लामा रहेको नमस्ते हिमचितुवा यातायात प्रालिले यहाँका मुकाम खलंगा हुँदै पालिकाको ग्रामीण भेगमा पर्ने कुडारीको डुग्रीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयात प्रालिले जनाएको छ। सोही यातायातले खलंगाबाट रारालिहि, रारालिहिबाट मानेचौर, राँसा मालापानीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयातले जनाएको छ। रासस

Shivam cement

प्रकाशित: Feb 23, 2025| 19:31 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्