मंगलबार, साउन १३, २०८२

पनौती-काठमाडौं खण्डमा ईभी माइक्रो सञ्चालनमा

 |  आइतबार, फागुन ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

vianetvianet

काभ्रे- काभ्रेपलाञ्चोक-पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (ईभी माइक्रो) सञ्चालनमा ल्याएको छ। यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले आजदेखि पनौती नगरपालिकाको खोपासी र शङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो।

खोपासी र शङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर-तिनकुने गएर पुनः खोपासी र शङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन थालेको समितिले जनाएको छ। सेवारम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा ईभी माइक्रो सञ्चालन उद्घाटन गरे।

'हाल दुई रुटबाट पाँच-पाँच वटा ईभी माइक्रोले सेवा दिनेछौँ, पछि आवश्यकताअनुसार थप्दै जानेछौँ', उनले भने।

पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनीबसको साविक भाडादरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ। हाल खोपासीबाट ११ सिट क्षमताको र शङ्खुबाट १४ सिट क्षमताको ईभी माइक्रो सञ्चालनमा ल्याइएको हो। रासस

प्रकाशित: Feb 23, 2025| 16:31 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्