आइतबार, जेठ ३१, २०८३

सिरहामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१
National life
Shivam cement

सिरहा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेको ट्रकमा ‘पिकअप भ्यान’ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो। पिकअप भ्यानका  चालक दुधौली नगरपालिका—१४ का सागर सुनार अवस्था गम्भीर छ। 

यसैगरी, धनगढीमाइ नगरपालिका–१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ।

प्रकाशित: Feb 23, 2025| 15:10 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्