आइतबार, जेठ ३१, २०८३

'लाज शरणम्‌' फिल्मले पायो युनिभर्सल सर्टिफिकेट

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

काठमाडौं- बहुप्रतीक्षित चलचित्र 'लाज शरणम्‌'ले युनिभर्सल सर्टिफिकेट पाएको छ।

National life

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले आज लाज शरणम्‌लाई युनिभर्सल सर्टिफिकेट दिएको हो।

यसअघि हत्या आरोपमा जेल जीवन बिताइरहेका पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमले चलचित्रको पात्रको हुलिया आफूसँग मिल्ने, आफ्नो अनुमति नलिएर प्रयोग गरेको भन्दै उच्च अदालत पाटनमा चलचित्रविरुद्ध मुद्दा दायर गरेका थिए।

उच्च अदालतले सेन्सर पास नहुन्जेलसम्मका लागि चलचित्रका कुनै पनि प्रचारका काम नगर्न अन्तरिम आदेश दिएको थियो।

चलचित्र यही फागुन १४ गते बुधबार शिवरात्रिको दिनमा प्रदर्शनमा आउनेछ।
 

Shivam cement

प्रकाशित: Feb 23, 2025| 12:09 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्