सोमबार, पुस ७, २०८२

७ करोडको लगानीमा बनेको हाटबजार भवन प्रयोगविहीन

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोगविहीन भएको छ।

National life

रामग्राम नगरपालिका झरही खोलानजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशंकर रौनियारले बताए।

उनले भने, 'सटर भाडाको लागि नगरपालिकामा निवेदन दिएँ। भाडामा बस्नको लागि नगरपालिकाका प्रमुखसँग आग्रह गरेपनि सटर भाडामा नदिएपछि आफूले जम्मा गरेको रकम एक महिनापछि फिर्ता लिएँ।'

चितनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ। भाडामा नदिँदा निर्माणाधीन भवन प्रयोगविहीन भएको उनको भनाइ छ।

बर्सातका समयमा हाटबजार लगाउन आउने व्यापारीलाई बर्सात र घामबाट सुरक्षित राख्न तथा बजार व्यवस्थित बनाउनका लागि सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन निर्माण गरेको हो।

Laxmi sunrise bank
kumari

विभागले सात करोड लागतमा एक सयभन्दा बढी सटर निर्माण गरेको सबइन्जिनियर इन्जिनियर वीरेन्द्र मण्डलले बताए। उनका अनुसार शौचालय, सेनेटरी र वाइरिङको काम गर्न बाँकी रहेकोले प्रयोगविहीनमा छ।

विभागले निर्माण गरेको कोठा भाडामा दिनका लागि रामग्राम नगरपालिकाले चारपटक सूचना प्रकाश गरेपनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपत यादवले बताए। रासस

प्रकाशित: Feb 23, 2025| 09:00 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्