सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आज बिहानदेखि ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

आज बिहानदेखि ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

 |  आइतबार, फागुन ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०८१

काठमाडौं- ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ।

आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका बजार क्षेत्रको पूर्वमा वडा नम्बर ७ सल्लेरी, पश्चिममा वडा नम्बर ७ घोडेचौरको थलाङ धारा क्षेत्रसम्म, उत्तरमा वडा नम्बर ४ उकालीपानी र दक्षिणमा वडा नम्बर ६ शेर्पा टोलको भेटनरी कञ्चनजंघा टोलसम्मको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो। 

त्यस्तै काफ्लेपाटी-बल्लुडाँडा क्षेत्रमा पूर्वमा पर्यटक प्रहरी भवनको १०० मिटर इलाका र पश्चिममा बल्लुडाँडा/डडेले इलाकामा  निषेधाज्ञा तोकिएको छ।

पाथीभरा केबलकार विवादले उग्र रुप लिँदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन्।

प्रकाशित: Feb 23, 2025| 08:16 आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्