सोमबार, पुस ७, २०८२

रातिको खाना खाएर सुतेका परियार दम्पती नउठेपछि...

 |  शनिबार, फागुन १०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०८१

प्युठानको माण्डवी गाउँपालिका–२ स्थित रातापानीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। ६० वर्षका रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षकी हुकुमा शनिबार घरमै मृत फेला परेका हुन्।

National life

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुवै जनाको शव उनीहरूकै घरमा फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानका उनीहरूको हत्या भएकोजस्तो देखिएको छ। मृतकहरूको शरीर र टाउकोमा चोट देखिएकाले हत्या भएको प्रहरीले अनुमान छ।  

शुक्रबार साँझ खाना खाएर सुतेका परियार दम्पती शनिबार बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए। 

डीएसपीको नेतृत्वमा अपराध अनुसन्धान शाखाका सात जना प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको छ। 

प्रकाशित: Feb 22, 2025| 17:55 शनिबार, फागुन १०, २०८१
प्रतिक्रिया दिनुहोस्