सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ओडिसाका मुख्यमन्त्रीलाई फोन गरेर के भनिन् परराष्ट्रमन्त्री राणाले ?

ओडिसाका मुख्यमन्त्रीलाई फोन गरेर के भनिन् परराष्ट्रमन्त्री राणाले ?

 |  शनिबार, फागुन १०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०८१

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोन वार्ता गरेकी छन्।

National life

केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे जानकारी लिन उनले शनिबार माझीसँग टेलिफोनमा कुराकानी गरेकी हुन्।

परराष्ट्रमन्त्री राणाले मुख्यमन्त्री माझीसँग लम्सालको शंकास्पद मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेकी जानकारी दिएकी छन्।

टेलिफोन वार्ताको क्रममा मन्त्री राणाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि मन्त्री राणाले आग्रह गरेकी छन्।

Laxmi sunrise bank
kumari

यस विषयमा कलेजमा समिति बनेको र त्यहाँ नयाँदिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी खटिएकाले समन्वयका लागि मन्त्री देउवाले मुख्यमन्त्री माझीसँग आग्रह पनि गरेकी छन्।

मुख्यमन्त्री माझीले घटनालाई ओडिसा राज्यले नै गम्भीर रुपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी गराएका परराष्ट्रमन्त्री सचिवालयले जनाएको छ।

साथै, उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।

प्रकाशित: Feb 22, 2025| 17:53 शनिबार, फागुन १०, २०८१
प्रतिक्रिया दिनुहोस्