सोमबार, पुस ७, २०८२

महाकुम्भबाट फर्किरहेका एकै परिवारका चार नेपालीको मृत्यु

 |  शनिबार, फागुन १०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०८१

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट घर फर्किएका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

National life

उत्तर प्रदेशको गोरखपुर लिङ्क रोडमा गएराति भएको दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको हो।

सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेबी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाइँ र चालकसहित ६ जना घाइते भएका छन्। उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ।

तीन जना मृतकका छोरा शव लिन तीन वटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित: Feb 22, 2025| 17:49 शनिबार, फागुन १०, २०८१
प्रतिक्रिया दिनुहोस्