मंगलबार, साउन १३, २०८२

टिप्परले मोटरसाइकललाई ठोक्कर दिँदा बाबुछोराको मृत्यु

 |  शनिबार, फागुन १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०८१

vianetvianet

इलामको रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादीगाउँका ४० का दीर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरू दुवैको उपचारको क्रममा बिर्तामोडको बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित: Feb 22, 2025| 09:48 शनिबार, फागुन १०, २०८१
प्रतिक्रिया दिनुहोस्