आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सम्पदा क्षेत्र र पैदलमार्गमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर

सम्पदा क्षेत्र र पैदलमार्गमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर

 |  शुक्रबार, फागुन ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ३२ हजार ८ सय ५१ वर्गमिटर ढुंगा बिछ्याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ। 

National life

महानगरको सार्वजनिक निर्माण विभागले चालु आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सातवटा प्याकेजमा आठवटा योजना कार्यान्वयन ल्याइएकोमा पाँचवटा योजना सम्पन्न भएको जनाएको छ।

सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदलमार्ग, भित्री सडक तथा गल्लीमा ढुंगा बिछ्याउने काम भइरहेको हो। 

विभागका प्रमुख सुरज शाक्यका अनुसार योजना वडा नं ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा काम भइरहेको छ। यसका लागि २९ करोड ४७ लाख ८८ हजार आठ सय ५९ लागत अनुमान गरिएको थियो। 

सम्पन्न भएका पाँच वटा योजनामार्फत १० हजार सात सय २९ वर्गमिटर क्षेत्रमा ढुंगा बिछ्याइसकिएको छ। यसअन्तर्गत वडा नं ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको एक हजार चार सय ८५ वर्गमिटर मार्गको काम सकिएको छ। यसको लागत एक करोड २६ लाख ६० हजार हो।

Shivam cement

वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको एक हजार आठ सय २५ वर्गमिटर मार्गमा ढुंगा बिछ्याइसकिएको छ। यसको लागत एक करोड ५४ लाख ६८ हजार आठ सय  हो। 

वडा नं २१ को लगन चोकमा दुई हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ। यसको लागत एक करोड ३६ लाख २९ हजार सात सय २७ रहेको छ।

वडा नं २६ को कुमारीकृपा मार्गको एक हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा पाँच सय २० वर्गमिटर क्षेत्रमा ४४ लाख ८७ हजार ६ सयमा काम सम्पन्न भएको छ। रासस

प्रकाशित: Feb 21, 2025| 16:00 शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्