सोमबार, पुस ७, २०८२

सुक्खा नलाग्दै बढ्यो आगलागी, एक महिनामा २२ जनाको मृत्यु

 |  शुक्रबार, फागुन ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०८१

काठमाडौं- माघमा मात्रै मुलुकभर ४७८ वटा आगलागीका घटना भएका छन्। ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

National life

उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन्। घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन्।

आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन भएको पनि आचार्यले बताए।

सबैभन्दा बढी कोशी प्रदेशमा १२९ वटा आगलागीका घटना भएका छन्। त्यसपछि मधेश प्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौं उपत्यकामा ३७, गण्डकी प्रदेशमा ३९, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा ४७ आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रवक्ता आचार्यले ती आगलागीबाट ६८ वटा घर, ६६ वटा गोठमा क्षति भएको बताए।

कुल २४७ वटा पशुचौपाया क्षति भएको छ। ती आगलागीबाट रु. १८ करोड ४८ लाखभन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 21, 2025| 19:01 शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्