सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ

सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ

 |  शुक्रबार, फागुन ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०८१

म्याग्दी- बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

National life

बेनी नगरपालिका-४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक सागर पौडेलले मंगलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताए। 

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार ६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन-२०७४ अनुसार कारबाही थालिएको हो। उनी सहकारीका पूर्वसञ्चालक हुन्। रासस

प्रकाशित: Feb 21, 2025| 14:45 शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्