मंगलबार, साउन १३, २०८२

सवारी दुर्घटनामा पाँचको मृत्यु, ६ जना मृत फेला

 |  शुक्रबार, फागुन ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०८१

vianetvianet

रूपन्देही, सम्मरीमाई गाउँपालिका-२ बनगाईस्थित सडकमा करौताबाट बनगाईतर्फ जाँदै गरेको युपि ५५ क्यु ८४३२ नम्बरको मोटरसाइकल बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-१ करौता बस्ने ५५ वर्षीया ज्ञानमती चमारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ३ जनाको भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

यसैगरी रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलवारस्थित सडकमा महिलवारबाट पडरियातर्फ जाँदै गरेको लु.४३ प ५७३५ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, मिथिला नगरपालिका-६ स्थित सडकमा प्रदेश २-०२-००३ प ६९०५ नम्बरको मोटरसाइकल ज.१ त २२३१ नम्बरको ट्याक्टरमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी घर भएका २८ वर्षीय सुरज कुमार झा को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

संखुवासभा, सभापोखरी गाउँपालिका-६ स्थित सडकमा बाह्रबिसेबाट आपुङ्गतर्फ जाँदै गरेको भे.२ त १९२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक चैनपुर नगरपालिका-६ बस्ने १९ वर्षीय रबि बराईलीको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उदयपुर, उदयपुरगढी गाउँपालिका-७ जोगि टोलस्थित सडकमा बाग्मती प्रदेश ०६- ००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा बसमा सवार बारा घर भएका ७० वर्षीय सिताराम धामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला अस्पताल र ३ जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बस चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

मृत फेला
काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानी श्रृजना टोल डेरा गरी बस्ने २९ वर्षीया अस्मिता गिरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ भैंसीबजार ह्वाईटदरबार डेरा गरी बस्ने लम्जुङ घर भएका ३५ वर्षीय कर्मा घले आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

इलाम, इलाम नगरपालिका-४ सिम्लेस्थित नक्कले खोल्सामा सोही ठाउँ बस्ने झापा दमक नगरपालिका-२ बेलडाँगी घर भएका ३६ वर्षीय राजकुमार भन्ने हर्क बहादुर सुब्बा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ अम्लेखगंजस्थित नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अम्लेखगंजमा काम गर्ने जाजरकोट बारेकोट गाउँपालिका-५ टोलथान घर भएका ३० वर्षीय सुनिल साह सोही कार्यालयको कर्मचारी आवास गृहमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके, बैजनाथ गाउँपालिका-५ बन्कटुवा गाउँस्थित सडक छेउमा रहेको पोखरीमा सोही ठाउँस्थित ससुरालीमा बस्दै आएका बर्दिया बाँसगढी नगरपालिका-८ बन्गौली घर भएका ४७ वर्षीय रूपलाल बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ जमुरास्थित सडकको कल्भर्ट मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेन्द्र पासी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित: Feb 21, 2025| 13:14 शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्